साझासबाल पर्वतका सम्पादक केसीलाई नगरपालिकाका कार्यकारी अधिकृत पौडेलको ज्यानमार्ने आशयको धम्की

Posted on: 27 Aug, 2016

भदौ ११, पर्वत । कुश्मा नगरपालिका कार्यकारी अधिकृत चण्डिका पौडेलले सामाजिक संजाल मार्फत साझासबाल पर्वतका जिल्ला सम्पादक महेन्द्र केसीलाई ज्यानमार्ने शैलिको धम्कीपूर्ण भाषा प्रयोग गरी हप्काउने प्रयास गरेका छन । 

पटकपटक जिल्लामा चर्चामा आइरहेन कार्यकारी पौडेलले पछिल्लो पटक जिल्लामा घटेको घटनाको विषयलाई लिएर ज्यानमार्ने आशयको धम्की दिएको साझासवालकर्मी महेन्द्र्र केसीले बताएका छन् । 

कुश्मा नगरपालिकाको दुर्लुङमा  वडा नागरिक मंच गठनको क्रममा कार्यकारीले एकलौटी रुपमा राजनीतिकरण लाद्न खोजेको र त्यसको विरोध गर्दै स्थानिय कार्यकारी सहित नगरपालिकाका कर्मचारीमाथि हातपात गर्न खोजेको समाचारको विषयलाई लिएर उनले यस्तो अभिव्यक्ति दिएका हुन । 

कार्यकारी पौडेलले निजामति कर्मचारीमा हुनुपर्ने गुणलाई्र तिलाञ्जली दिएर आमसंचारमाध्यमलाई बदनाम हुने शैलीका भाषा प्रयोग गरी सामाजिक संजालमार्फत अभिव्यक्ति दिदै आएका छन् । कार्यकारी पौडेलले बेलाबेलामा चर्चामा आइरहन्छ । 

कहिले नगरपालिकाको समिति गठन प्रक्रिया त कहिले महिला लक्षित बर्गको पैसा दुरुपयोग गरेको त कहिले दमकल खरिद प्रकरण र एकिकृत सम्पत्तिकर संकलनका विषयमा एकलौटी रुपमा गरेको आरोप लाग्दै आएको छ । स्थापना कालदेखिनै कार्यकारी आलोचित हुदै आएका छन् ।

साझासवालकर्मी केसीले आफुलाई सामाजिक संजालमार्फत कार्यकारी पौडेलले दिएको धम्कीमा अरुको पनि हात हुनसक्ने भन्दै जिल्ला प्रशासनमा शान्ति सुरक्षाको माग गदै  प्रजिअ शम्भुप्रसाद मरासिनीलाइ्र्र जानकारी गराएको बताएका छन् । 

प्रजिअ मरासिनीले कार्यकारीसँग जवाफ माग्ने बताएको जानकारी गराए । कार्यकारीको भोलीमा कर्सैको हात हुन सक्ने र रातको समय वा एक्लै भएको बेलामा गुण्डा लगाएर कुटपीट गर्न सक्ने भन्दै केसीले प्रजिअलाई जानकारी गराएको बताए । 

चण्डिका पौडेलले पत्रकार महेन्द्र केसीको स्टाटसमा गरेको कमेन्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!