जिशिकाको छड्केमा २ विद्यालय

Posted on: 25 Aug, 2016

भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन ।

अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भएको भएपनि कक्षाकोठामा हुनुपर्ने सक्षमता उनीहरुमा  नभइको पाइएको हो । अनुगमनका क्रममा माथिल्ला तहमा भन्दा आधारभूत तहमा नै विद्यार्थीहरु बढी कमजोर, विद्यार्थीको रुची र क्षमता अनुसार शिक्षण नभएको, विद्यार्थीलाई पढाईप्रति आकर्षित गर्न नसकिएको, प्रयोगात्मक शिक्षण शैलीको अभाव रहेको, विद्यार्थीका प्रतिभाहरुको पहिचान गर्ने क्रियाकलाप नरहेको पाइएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्नको लागि सबै पक्षबाट बराबर जोड पुगेमा मात्र यो सम्भव रहेकोले आँपूmले गर्ने कार्यहरु सम्पादन गर्ने भन्दै जि.शि.अ. पौडेलले अनुगमन गरेका विद्यालयलाई सक्रियताका साथ लाग्न सुझाव पनि दिनुभएको थियो । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, बिद्यालय निरीक्षक बबिता शर्मा र श्रोत व्यक्ति प्रेम सुवेदीको संयुक्त टोलीले मंगलोदय मा.वि. र हर्राचौर प्रा.वि.मा सघन अनुगमन गरेको हो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!