नवलपरासीको सुस्तामा एक पुरुष बेपत्ता: परिवारजनबाट खोजी कार्य गरिदिन आग्रह

Posted on: 22 Dec, 2021

श्याम थापा | पुस ७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ताबाट एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित बेलवानी गाउँका करिब ४५ बर्षका, गहुँ गोरो, ५ फिट ६ इन्च अग्लो र शरीर पातलो भएको जयप्रकाश भेडिहार नामको पुरुष गाउँबाटै बेपत्ता भएका हुन् ।

बेपत्ता भेडिहार गाउँको भोज खान जान्छु भनेर घरबाट दिउँसो २ बजे देखि निस्केको र साझ पर्दासम्म घर नआउँदा उनको श्रीमती प्रमिला पालले गाउँभरी खोज्दा पनि फेला नपरे पछि आफ्नो आफन्तीमा खबर गरेकि थिइन् तर आफन्तीको घरमा पनि नगएको भन्ने खबर पाएपछि प्रमिलाले आफ्नो श्रीमानको खोजि कार्यको लागि अनुरोध गरेकी छन् ।

बेपत्ता भेडिहार मानसिक रोगबाट पीडित रहेको र उनको उपचार पनि भइरहेको परिवारले जनाएको छ ।

भेडिहार यही मंसिर २७ गते देखि बेलवानी गाउँबाट हराएको र उनलाई खोजी कार्य गरिदिन भनेर उनको धर्मपत्नी प्रमिला पालले प्रहरी चौकी रामनगरलाई पहिचान सहितको फोटो समेत गरि निवेदन दिएको पालले बताइन् भने प्रहरीको खोजी कार्य जारी रहेको रामनगर प्रहरी चौकी सुस्ता ५ पक्लिहवाका इन्चार्ज बृजेश निशादले बताएका छन् ।

करिब १० दिन बितिसक्दा पनि आफ्नो श्रीमानको अत्तोपत्तो नलागेपछि मनमा एक किसिमको शंका उत्पन्न भइरहेको र आफ्नो श्रीमानको खोजी कार्यमा सहयोग गरिदिनको लागि प्रमिलाले आग्रह गरेकी छिन् । कहिँ कतै बेपत्ता जयप्रकाश भेडिहार देख्ने र फेला पार्नु हुने ब्यक्तिले परिवारको सम्पर्क नम्बर ९८६८१५८८३१,९८५७०८०९५६ र प्रहरी चौकी रामनगरको सम्पर्क नम्बर ९८५७०१३७९३ मा सम्पर्क गरि खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!