बैतडी डुंगा दुर्घटना अपडेट: बालिकाको शव फेला, एक बालक अझै बेपत्ता

Posted on: 27 Oct, 2021

कात्तिक १०, बैतडी | बैतडीको नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकाछन् ।

जिल्लाको शिवनाथ गाउँपालिका-१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो । डुंगा पल्टिँदा मृत्यु हुनेमा एक बालिका रहेकी छन् । बेपत्ता हुनेमा बालक रहेकाछन् । मृतक र बेपत्ता भएका दुवैको परिचय खुल्न सकेको छैन । 

डुंगामा सवार रहेका अन्य आठ जना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । साँझ ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए ।

उक्त डुंगामा पाँच जना चालक र पाँच जना यात्रु सवार रहेकोको बताइएको छ । डुंगा नदी पारी पुग्नै लाग्दा दुर्घटना भएको हो । 

भारतमा बस्दै आएका व्यक्तिहरू दशैँमनाएर फर्किँदै गर्दा डुंगा दुर्घटना भएको हो । बैतडीका एक दर्जन बढी घाटहरूबाट महाकाली नदीमा डुंगाबाट ओहोरदोहोर गरिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!