जोरसाल वृद्द हत्याकाण्डका आरोपी पक्राउ

Posted on: 07 Jul, 2021

कमल घिमिरे। असार२३।पाँचथर, पाँचथरको फिदिमका ७९ वर्षीय जेष्ठ नागरिक टेक बहादुर इङ्वाको हत्याको आरोपमा एक व्यक्ती पक्राऊ परेका छन् ।

पक्राऊ पर्नेमा फिदिम नगरपालिका २ पल्लोटारका ५९ वर्षीय जीव नारायण श्रेष्ठ रहेका छन् ।अभियुक्त सडक विभाग यान्त्रिक कार्यालय फिदिमका सुरक्षा गार्ड हुन । मृतक इङ्वा सँग श्रेष्ठको जग्गाको सिमानाको विषयमा बारम्बार झगडा हुने गरेको र २९ गते राती खेतमा व्याड राख्न जाँदा पनि झगडा भइ मृतकले कुलो फर्काएको निउँमा श्रेष्ठको साथमा रहेको बामफोक ले अनुहारका भागमा र फलामको पाइपले टाउकोमा प्रहार गरेर हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ । 

अभियुक्त श्रेष्ठको साथबाट घटनाको समयमा लगाएका कपडा,प्रयोग भएको बाम्फोक,सोते लगातका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।  श्रेष्ठलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो


यस बिषयमा तपाइको प्रतिक्रिया...!