पाँचथरमा 'हुनेले दिने नहुनुले लिने अभियान' प्रभावकारी बन्दै

Posted on: 08 Jun, 2021

कमल घिमिरे।जेठ२५। पाँचथरमा फिदिमका युवाहरुले हुनेले दिने नहुनुले लिने चलाएको अभियान प्रभावकारी बन्दै गएको छ ।

बन्दाबन्दी तथा निशेधाज्ञ भएको एक महिना बित्न लाग्दा खाद्यान्नको व्यवस्था गर्न नसक्ने परिवार र कोरोना संक्रमण भएर घर बाहिर निस्कन नसक्ने परिवारहरू का लागि फिदिमका युवाहरुले यो अभियान चलाएका हुन ।

यस अभियानमा राहात बाँडेको फोटो नखिच्ने,राहात लिनेको बिवरण सार्वजनिक नगरिने भएकोले पनि अभियान प्रभावकारी बन्दै गएको हो । बितरण गरिने राहातमा चामल, सब्जी,दाल, तेल, मरमसला तथा अन्य खाद्यान्न समाग्री समेटिएको बताइएको छ । अभियान्ताका युवाहरुले सुरुवाती चरणमा स्वयम बाट ४० हजार रुपैयाँ उठाएर राहात बितरण सुरु गरेका थिए। 

नेपाल तथा बिदेशबाट सहयोग जुटाएर मंगलबार सम्म २लाख ६८हजार २ सय ५२ रकम संकलन भए मध्ये २ लाख ३५हजार ३५ रुपैयाँ बराबरको राहात ८७ परिवारका ३१६ सदस्यहरुलाई राहात बितरण गरिसकेको अभियान्ता नविन बुढाथोकीले बताए ।

बिहिबार सम्ममा नाम टिपाइसकेका अन्य ४६ परिवारलाई राहात बितरण गरिने अभियान्ता केशब भट्टराईले बताए ।

अभियानमा सहयोग गर्नेलाई धन्यवाद दिदै समास्यामा परेका परिवार तथा सदस्य लाई अभियान्ताहरु सँग सम्पर्क गरेर राहात लिन समेत अभियान्ता टिका खनालले आग्रह गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!