उत्कृष्ठ कार्यसम्पादनमा गरेको भन्दै कृषि विकास अधिकृत रेग्मी सम्मानीत

Posted on: 09 Aug, 2016

साउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको छ । 

आर्थिक वर्ष २०७२/०७३ मा सुसासन प्रवर्दन एवं     प्रभावकारी सेवा प्रवाहमा उल्लेखनिय कार्य सम्पादन गरेको भन्दै रेग्मीलाई ५ हजार रुपैयाँ नगद र कदरपत्रले सम्मान गरेको हो । क्षेत्रीय कृषि निर्देशनालय      पोखराको आयोजना गरेको तृतिय चौमासिक तथा वार्षिक समिक्षा गोष्ठिको अवसरमा आज रेग्मीलाई सम्मान गरिएको थियो । 

विगत ५ वर्षदेखि जिल्लामा वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यरत रेग्मीले पर्वतको कृषि क्षेत्रको विकासमा निकै राम्रो काम गर्दै आउनुभएको कृषकहरुले बताउने गरेका छन् । यसैगरी जिल्ला कृषि विकास कार्यालय वागलुङ र स्याङजा पनि उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै सम्मानित भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!