८९ जनामा परीक्षण, ६८ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 26 Apr, 2021

वैशाख १३, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा छ । सोमबार मात्रै प्रदेशमा ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसमध्ये ६० जना नयाँ संक्रमित सुर्खेतका छन् । त्यस्तै दैलेखका दुईजना, जाजरकोट, कालिकोट र जुम्लाका एक/एकजना र तीनजना अन्य प्रदेशका रहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

वीरेन्द्रनगरमा सोमबारसम्म संक्रमितको संख्या ३३८ पुगिसकेको छ भने २८ जना कर्णाली प्रदेश अस्पतालमा रहेका छन् । पछिल्लो समय परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!