प्रहरी मेरो साथीले विकृती र उदण्डलाई रोक्छ–प्रहरी

Posted on: 07 Aug, 2016

साउन २३, पर्बत | पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी मेरो साथी मार्फत समाजमा भएका विकृती र उदण्ड तथा अपराधलाई न्यूनिकरण गर्नको लागि सहज हुने बताएको छ ।

आइतबार जिल्लामा भएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी मेरो साथी मार्फत जिल्लामा हुने घटनालाई न्यूनिकरण गर्न तथा समाजमा हुने जघन्य अपराधलाई समेत न्यूनिकरण गर्नको लागि समेत टेवा पुग्ने जिल्ला प्रहरी कार्यालयकी प्रनाउ गंगा पन्तले बताइन । उनले मुस्कान सहितको सेवा प्रहरीले प्रवाह गरेपछि प्रहरी चौकीमा सेवा लिन आउनेहरुको सख्या बढेको र अब प्रहरी मेरो साथीले समस्या समधानद गर्न तथा नागरीक र प्रहरीलाई नजिक बनाउने बताइन । कार्यक्रममा सहभागीहरु प्रहरीले एक बर्षमा गरेका कार्यहरुको प्रशंसा गरे । जिल्लामा जिप्रकाले गरेको कामको अधिकांशले प्रशांसा गरे । चाडपर्व नजिकै गरेका कारण जिल्लामा जुवातास खेल्ने जुवाडेहरु बढ्ने भन्दै यसमा सचेत रहन प्रहरीलाई आग्रह समेत गरेका थिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि नागरिक र प्रहरीको सम्बन्ध सुमधुर हुन पर्ने औलाए । उनले समाजमानै अपराधी र अपराधी मनासयका मानिसहरु हुने भन्दै प्रहरीसँग नागरिकले समन्वय गरे त्यस्ता क्रियाकलाप तथा हुने सम्भावित घटनाको रोकथाम हुने तर्क गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!