हत्त्यारालाई कारबाहीको माग गर्दै स्थानीयले गरे प्रदर्शन

Posted on: 05 Feb, 2021

माघ २३, बैतडी । बैतडीमा किशोरीको हत्यापछि स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन । बिहिबार जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी थिइन् ।

स्थानीयले स्थानीय खोचलेक बजारमा प्रर्दशन गरिरहेका छन् भने महकाली राजमार्ग समेत बन्द गराएका छन् । प्रहरीले घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर लगेको छ भने घटनास्थल सिल गरेर सुक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको मृतकका आफन्तले बताए। 

मृतकको शरीरभरि निलडाम र घाउ र कपडा पनि च्यातिएको अवस्थामा फेला पारेको थियो । घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको प्रहरीले जनाएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!