पर्वतमा कोरोना संक्रमित महिलाको मृत्यु

Posted on: 19 Oct, 2020


पर्वत ।  पर्वत जिल्लामा पहिलोपटक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!