पर्वतमा २ जना कोरोना संक्रमित थपिए

Posted on: 07 Oct, 2020

पर्वत जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा दुई जना संक्रमित थपिएका हुन । यो संगै पर्वत जिल्लामा संक्रमितको संख्या १ सय २५ पुगेको छ ।

पर्वत जिल्लामा मंगलबार थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ बर्षिय एक जना नेपाल प्रहरी छन भने कुस्मा नगरपालिका १ पाङकी ७० बर्षिय महिला रहेकी छन ।

संक्रमित महिला बिदेशबाट आएर क्वारेन्टाईनमा बस्दै आएकी छन भने पर्वतमा सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी पनि प्रहरीकै क्वारेन्टाईनमा बस्दै आएका छन । संक्रमितहरुलाई आईसोलेसनमा लैजाने तयारी भएको डिसीसिएमसीका प्रबक्ता प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

पर्वतमा अहिले सम्म संक्रमित मध्ये १ सय १९ जना निको भैसकेका छन । ६ जना मात्रै केवलजल गुल्मको आइसोलेसन र कोरना अस्थायी अस्पतालमा रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!