कुश्मामा समुदायमै देखियो कोरोना, १ हप्ता शिल्ड गर्ने निर्णय

Posted on: 11 Sep, 2020

 

पर्वत । पर्वतमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि एक हप्ता सदरमुकाम कुश्माबजार सिल गरिने भएको छ ।
आज शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडामा शिल गर्ने निर्णय गरिएको हो।

अत्यावश्यक काम बाहेक अन्य सवैजसो सेवा बन्द गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं ३ का ६८ वर्षिय बृद्ध र वडा नं ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएपछि अन्य समुदायमा संक्रमण फैलन नदिन आज राति १२ बजेदेखि सिल गर्ने निर्णय गरिएको हो ।

कुश्मा नगरपालिकामा सिडिओले कर कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन गरेको वडामा नै समुदायमा कोरोना देखिएपछि त्रास बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!