मध्यपहाडी लोकमार्गको २७ किमि जोखिपूर्ण, मानवअधिकारकर्मीले उठाए प्रश्न ?

Posted on: 10 Sep, 2020


पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको धौलागिरी प्रवेशद्धारदेखि मालढुंगासम्मको २७ किमि सडक यात्राको लागि जोखिमपूर्ण भएको भन्दै मानवअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीलाइ ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको राष्ट्रिय गौरवको आयोजनामा भएको दुर्दशाको अवस्था बुझ्न र तत्काल रोकिएको निर्माण कार्य अगाडी बढाउन माग गरेका छन् ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष माधवप्रसाद पौडेल, सोही संगठनका केन्द्रिय सदस्य हरिनारायाण रेग्मी, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, गैरसस महासंघका अध्यक्ष शिवप्रसाद शर्मा लगायतको टोलीले ध्यानाकषर्णपत्र बुझाएको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!