भालुवाङमा बस पल्टिदा ५ यात्रु घाईते, २ को अवस्था गम्भीर

Posted on: 27 Jul, 2016

सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरीको भालुवाङ स्थीत फेरिय खोलामा पल्टिदा सवार ५ जना यात्रु घाईते भएका छन् ।

मंगलबार दिउसो जाजरकोटबाट काठमाडौँका लागि छुटेको बस पल्टिंदा उक्त दुर्घटना भएको हो । जसमा सवार दुई जना यात्रुको अवस्था गम्भीर छ । बसमा सवार जाजरकोट खलङ्गा—३ बर्ष २२ बर्षीय चन्द्रमा रावल र जाजरकोट खलङ्गा—२ का ३६ बर्षीय दलराज बिक गम्भीर घाईते हुनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

घाईते दुबै जनाको अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाईएको छ । त्यस्तै बसमा सवार रुकुम घटेमा—६ का २७ बर्षीय पहलसिंह परियार, जाजरकोट ढिम—१ का ५० बर्षीय भिमबहादुर थापा र भेरी नपा—२ का १७ बर्षीय सबिन डिसी समान्य घाईते हुनु भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । 

घाईते तीनै जनालाई अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि घर पठाईएको प्रहरीले जनाएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!