सल्यान श्रीनगरमा १ दिने आँखा शिविर सम्पन्न, ४७ जनाको अप्रेशन

Posted on: 23 Jul, 2016

साउन ८, सल्यान । सल्यानमा भएको १ दिने आँखा शिविरमा २ सय ७१ जनाले उपचार सुविधा लिएका छन । श्रीनगरमा भएको शिविरमा १ सय २९ जना पुरुष र १ सय ४२ जना महिलाले उपचारको सुविधा लिएका हुन ।

एकातिर बर्षा र अर्कोतिर कामको चापमा पनि उल्लेख्य सहभागिता भएको आयोजकले जनाएको छ । सहभागी मध्ये ४७ जनाको मोतिविन्दुको अप्रेशन गरिएको छ भने अन्यलाई आँखाको क्षमता अनुसारको चस्मा तथा औषधी प्रयोग गरिएको छ । एक दिने शिविरमा यति धेरै आँखाका विरामी आएको सल्यानमा पहिलो पटक भएको र यतिधेरै मात्रामा आँखाका विरामी हुनुले आँखाका विरामीको मात्रा अझै हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन । डाक्टर मोनिका कर्मचार्यको नेतृत्वमा १४ स्वास्थ्यकर्मीले शिविरमा सुविधा दिएका हुन ।

राप्ती आँखा अस्पताल दाङ्गको आयोजना तथा आँखा उपचार केन्द्र शितलपाती र नेपाल रेडक्रस सोसाइटी सल्यानको स्थानिय व्यवस्थापनमा कार्यक्रम भएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!