पर्वतमा ३४जनामा कोरोना पुष्टि, सातै स्थानीय तह फैलियो

Posted on: 18 Jun, 2020


 पर्वत । पर्वतका सात वटै स्थानीय तहमा कोरोना फैलिएको छ । विहिबार थप ५ जनामा कोरोना पुष्टि भएसँगै सातै वटा स्थानीय तहमा कोरोना भेटिएको हो ।

चितवनको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

संक्रमितहरुमा कुश्मा नगरपालिका १२ ठुलीपोखरीका १, वडा नं. १३ खौलालाकुरीका १ जना गरी २ जना, फलेवास नगरपालिका २ थापाठानाका २ र मोदी गाउँपालिका  ६ तिलाहारका १ जना पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट फर्किएर कुश्माको पुलिङ क्वारेन्टाइनमा बसेका थिए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ। योसँगै पर्वतमा संक्रमितको सख्ंया ३४ पुगेको छ । बुधबार मात्र पर्वतमा फलेवास नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको थियो।

यस अघि भेटिएका २९ जना पनि सोहि अस्पतालको आइसोलेशनमा रहेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!