क्वारेनटाइन लैजादै गर्दा भीरबाट हामफालेका युवाको मृत्यु

Posted on: 15 Jun, 2020

पर्वत । क्वारेन्टिनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भिर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । 

बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका थिए ।

सुनौलीबाट उद्धार गरि बागलुङ तर्फ जाने क्रममा बस रोकेको मौका पारि भीरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टन लैजादै गर्दा भीरबाट हाम फालेका थिए ।। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!