कोरोना आशंकित व्यक्तिको मृत्यु, रिपोर्ट नआउँदै दाहसंस्कार

Posted on: 15 Jun, 2020

पर्वत । कोरोना आशंका गरिएका एक व्यक्तिको पर्वतमा मृत्यु भएको छ । कुश्मा नगरपालिका ४ का पदमबहादुर परियारको मृत्यु भएको हो ।

उनको स्वाब संकलन गरेपनि रिपोर्ट नआउँदै परिवारले अस्पतालबाट शब जवरजस्ती झिकेर दाहसंस्कार गरेका छन् ।

मृतक परियार बिगत २ वर्षदेखि कलेजोको रोगबाट पीडित रहेको उनका छोरा विजय परियारले बताए । 

मृतकलाई जेठ २४ देखि २८ गतेसम्म पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरि घर ल्याईएको थियो ।  स्वास्थ्यमा पुनः समस्या आएपछि पर्वत अस्पतालमा ल्याईएको र यहाँबाट थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज पोखरा पठाईएको थियो । अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएपछि कोरोनाको स्वाब संकलन गरिएको थियो तर रिपोर्ट नआउँदै परिवारले उनको दाहसंस्कार गरेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!