बझाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

Posted on: 20 Jul, 2016

साउन ५, बझाङ । भरुवा बन्दुकसहित प्रहरीले बझाङमा एक जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा बझाङ देउलीकोट–३ का हरिप्रसाद जोशी रहेका छन् । भरुवा बन्दुकसहित जोशीलाई विशेष सुराकीका आधारमा उनकै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका जोशीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!