दङगाली पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु

Posted on: 18 Jul, 2016

सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । नेपाल पत्रकार महासंघ दाङ उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु गरेको छ । रेडियो मध्यपश्चिममा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निबासी अर्जुन महरा यतिबेला बोनम्यारोमा समस्या उत्पन्न भएर अहिले काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचाररत छन् ।

       विगत तीन वर्षदेखि पत्रकारितामा सक्रिय महरालाई विगत एक महिना अघिदेखि बोनम्यारो (रक्तमासी)मा समस्या देखिएको र जाँच गराउँदा क्यान्सर देखिएको छ । उनको अहिले काठमाडौंस्थित सिभिल हस्पिटलको कोठा नं. २५५ को बेड नं. ८४ मा उपचार भैरहेको छ ।

न्यून पारिवारिक आर्थिक अवस्था भएको र परिवार एक्लैले उनको उपचारमा निकै कठिनाई भएकाले नेपाल पत्रकार महासंघ दाङ उनको उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सञ्चालन गरेको हो ।

साथै पत्रकार महासंघ दाङका तर्फबाट दश हजार रुपैयाँ सहयोग गर्ने र सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन जिल्ला स्थित सञ्चारमाध्यम, सञ्चार संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण महानुभावहरुलाई अनुरोध गरेका छ । सहयोगका लागि कार्यालय समयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको फोन नं. ०८२–५६१४९७ वा कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको फोन नं. ९८५७८३०३६३ मा सम्पर्क गर्न सकिने छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!