गुडिरहेको ट्रेक्टरमा रुख ढल्दा देउखुरीमा एक जनाको मृत्यु

Posted on: 18 Jul, 2016

सन्तोषकुमार गुप्ता, साउन ३ , देउखुरी  गुडिरहेको ट्रेक्टरमा रुख ढल्दा त्यसमा सवार एक जना किशोरको घटनास्थलमै मृत्यु भएको छ । रुख ढल्दा गोवरडिया गाविस ९ सर्तेला निवासी टेक्टरमा सवार १७ वर्षीय किशोर घर्तीको घटना स्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    रा १ त १३८५ नम्बरको टेक्टर गुडिरहेका बेला आइतवार बेलुकी सवा सात वजेको समयमा एक्कासी सालको रुख ढलेपछि ट्रेक्टरमा सवार घर्तीलाई रुखले च्यापेको थियो । मृतक घर्तीको शवको लमही प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा पोष्र्टमाटम पछि परिवारको जिम्मा लगाई सकिएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!