देउखुरी टुडे साप्ताहिकले शुरु गर्यो आजदेखि फेसबुक न्युज सेवा

Posted on: 17 Jul, 2016

सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेवा शुरु गरेको छ । समग्र देउखुरीको विकासका लागि समाजिक उत्तरदायित्व सहितको खोजी पत्रकारिता भन्ने मुल नाराका साथ देउखुरी टुडे साप्ताहिकले पहिलो चरणमा फेसबुक सेवा शुरु गरेको हो । 

पहिलो चरणमा सञ्चारको सर्वसुलभ माध्यम नेट सेवा अन्र्तगत फेसबुक मार्फत समाचार सम्पेषण गर्ने र दोस्रो चरणमा देउखुरी टुडे साप्ताहिकको पेज सञ्चालन संगै २४ घण्टा सुचना र समाचारको सेवा प्रभाव गर्न देउखुरी टुडे अनलाईन सेवा शुरु गरिने साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक डिआर गुप्ताले जानकारी दिनु भयो । साउनको अन्तिम साताबाट देउखुरी उपत्यकाबाटै छुटै पहिचानका साथ देउखुरी टुडे साप्ताहिक पत्रिका प्रकाशन आरम्भ गर्ने सम्पादक गुप्ताले जानकारी दिए । जिल्ला तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमले प्राथमिकता नदिने तथा ओझेलमा परेका घटनाहरुलाई समाचार बनाई आम पाठक समक्ष पु¥याई सम्बन्धित निकायको ध्यानकर्षण गराई आवश्यक विकासका लागि लागि निरन्तर खबरदारी गर्ने पत्रिकाको मख्य लक्ष्य रहेको समेत गुप्ताले बताउनु भयो ।

विकास र पहुचमा पुग्न नसकेका तथा ओझेलमा परेका बिषयलाई उत्थान गर्न खोज पत्रकारिता आजको आवश्यकतालाई भएकोले त्यसलाई मध्यनजर गदै निरन्तर राज्य र सरोकारवालाहरुलाई पत्रिकाले आफ्ना सम्पूर्ण सञ्चारमाध्यमबाट निरन्तर खबरदारी गर्ने बताईएको छ । औपचारिक कार्यक्रमका समाचार भन्दा अनौपचारिक खोज तथा सत्यतथ्यपरक समाचार प्रकाशन गर्ने गरी पत्रिकाले आफ्नो आन्तरिक तयारी समेत तीब्र पारेको छ । खोजमूलक समाचार पत्रिका देउखुरी टुडे साप्ताहिकलाई सबै क्षेत्रबाट आवश्यक सल्लाह, सुझाव,  सुचना, समाचार, विज्ञापन सहयोग गरी दिनु हुन सबैमा आग्रह समेत गरेको छ ।    


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!