मेलौली नगरपालिकाका कार्यालय सहयोगी मृत भेटिए

Posted on: 07 Mar, 2020

फागुन २४, बैतडी | मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । 

सो नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिनुभयो ।

यस्तै डिलाशैनी गाउँपालिका–३ बगडीस्थित सडकछेउमा दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेको र  मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउन लागिएको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!