डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा छुटे

Posted on: 01 Mar, 2020

फागुन १८, बैतडी | सुदूरपश्चिम सरकारले वितरण गरेको बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा रिहा भएका छन् |

गत माघ २६ गते ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसमा चित्तल तस्करी गरेका चालक महेशबहादुर बोहरा २० दिनपछि ५० हजार धरौटीमा रिहा भएका हुन् | उनलाई ५० हजार धरौटी लिएर तारेखमा छोडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी दिपेन्द्र शाहीले बताएका छन् |

कञ्चनपुरको महेन्द्रनगरबाट फर्केर गाउँपालिकाको केन्द्र पंसेरा जाने क्रममा मृत चित्तल तस्करी गरिरहेको अवस्थामा चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!