साउन ७, पाल्पा | अन्तिम संस्कार गर्नको लागि घाटमा पुर्याईएकि पाल्पाकी एक महिला घाटमा चितामा राख्नुअघि उठेकि छन् । घाटमा चितामा लानु अघि आधा सरिर पानीमा डुबाउने क्रममा उठेपछि घाटबाट सिधै अस्पताल पुर्याई उपचार सुरु गरिएको छ ।
पाल्पाको रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली चितामा राख्न लाग्दा जिवितै रहेको थाहा भएपछी उनलाई लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ । महिलालाई घाट लानु अघि तानसेनको युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गराई अस्पतालकै एम्बुलेन्स मार्फत घर पठाइएको थियो । मिशन अस्पतालले दिएको जानकारी अनुसार महिलाका श्रीमान सूर्यचन्द्र कँडेल र छिमेकीहरुले अस्पतालबाट बिरामी बुझेका थिए । मिशन अस्पतालमा १० दिनसम्म महिलाको उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट कटाइएको अस्पतालले जनाएको छ ।
अस्पतालबाट घरमा पुर्याइएकी महिलालाई लगाइएको अक्सिजन निकालेको आधा घण्टापछि उनको ज्यान गएको भन्दै घाट लगिएको थियो । रिँडी घाट पुर्याएपछि चितामा राख्नुअघि आधा सरिर पानीमा डुबाउने क्रममा चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो ।
बिरामी अवस्थामै घाट लगिएकी ज्ञवालीलाई आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर डिस्चार्ज गरिदिएको थियो । घाटबाट अस्पताल पुर्याईएकि ति महिलाको स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेपछी थप उपचारका लागि अर्को अस्पताल लैजान सुझाब दिएका थिए । उनलाई सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेर उपचार भइरहेको छ ।
झाडापखाला लागेपछि ति महिलालाई अस्पताल लागिएको थियो । उनलाई मुटुको समेत समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा पाएपछि आर्थिक अभाव देखाई महिलाका आफन्तले अस्पताललाई डिस्चार्ज गर्न दबाब दिएका थिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!