बैतडीको एक बिद्यालयका किसोरीहरुले स्कूलमै बनाउछन् सेनेटरी प्याड

Posted on: 28 May, 2019

कृष्ण बिष्ट | जेठ १४, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ८ स्थित ज्ञानेश्वर माविका छात्राहरु आँफै सेनेटरी प्याड बनाउन थालेका छन् । महिनावारी भएको बेला पनि निर्वात रुपमा बिद्यालय आउन सकियोस भनि किसोरीहरु सेनेटरी प्याड बनाउन थालेका हुन । 

महिनावारी भएको बेला छात्राहरुले विद्यालय छोड्नुपर्ने अवस्था रहेकाले आँफैले सेनेटरी प्याड बनाउन थालेको कक्षा १० की छात्रा हजारी भण्डारीले बताउनुभयो । विद्यालयमा किशोरीहरुका लागि प्याड बनाउने तालिम नै सञ्चालन गरेको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले जानकारी दिनुभयो ।

प्याड नभएकै कारण महिनावारी भएका बेला छात्राहरुले विद्यालय आउन नसक्ने भएकाले आफूहरु प्याड बनाउने काममा लागेको कक्षा ११ की छात्रा शान्ति बिष्टले जानकारी दिनुभयो । बिद्यालयमा मनिवारी भएको बेला जानुहदैन भन्ने चलन पछिल्लो समयमा हट्दै गएको पनि यहाका किसोरीहरुले बताएका छन । 


कक्ष १० मा अध्यान गर्ने किसोरी ममता बिष्टले भनिन, बाटोमा देवि देवताको मन्दिर पर्दछ, महिनावारी भएको बेला त्यो बाटो हिडेपछि देवता रिसाउछन, यस्तो धारणा पछिल्लो समय हट्दै गएको बताइन । पहिले ४ दिन सम्म बिद्यालय नआउने गरेकोमा आज भोली नियमित सरसफाइ गर्ने गरेको र बिद्यालय आउने गरेको बिष्टले बताइन । 

विद्यालयमा छात्रामैत्री शौचालय पनि निर्माण गरिएको र ग्रामीण क्षेत्रमा प्याड किन्न नपाइने भएकाले उहाँले आफूहरुले प्याड बनाउने सीप सिक्न थालेको  शिक्षक महराले बताउनुभयो । 


माथिको तश्वीरमा: सेनेटरी प्याड निर्माण गर्दै ज्ञानेश्वर माबीका बिद्यार्थीहरु | तश्वीर: कृष्ण बिष्ट 

महिनावारी भएको बेला छात्राहरुको विद्यालय नछुटोस भन्ने उद्देश्यले विद्यालयले छात्राहरुलाई प्याड बनाउने तालिम र वितरणको कार्यक्रम राखेको उहाँले बताउनुभयो । प्याड बनाउने तालिमले किशोरीहरुलाई सजिलो भएको विद्यालयका शिक्षक सरस्वती धामीले बताउनुभयो । 

विद्यालयले जेठ ३१ गते विद्यालयका सबै छात्राहरुलाई प्याड वितरण गर्ने कार्यक्रम समेत राखिएको बिद्यालयल् जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!