जेठ १०, पाल्पा | पाल्पाको रामपुरमा बाल्टीमा भएको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पाल्पाको रामपुर नगरपालिका-३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले घरको आँगनमा खेल्ने क्रममा पानीले भरिएको बाल्टीमा डुबेका थिए ।
बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!