सेती नदीमा बगेर बेपत्ता भएका एक युवकको शव फेला

Posted on: 07 Apr, 2019

 चैत २४, डोटी । डोटीको सेती नदीमा बगेर एक हप्ताअघि  बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको  आइतबार शव फेला परेको छ । सेती हाईड्रो पावरमा कार्यरत ओली ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा  बगेर बेपत्ता हुनु भएकाे थियाे । 

उहाँको शव सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा एसपी प्रदीपकुमार पालले बताउनुभयो । बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको हाे । 

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती हाइड्रो पावर निर्माणको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि काम गर्न प्राविधिक ओली डोटी आउनु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!