राप्तीमा यातायात बन्द खुल्यो, जनजीवन सामान्य बन्दै

Posted on: 09 May, 2016
सन्तोषकुमार गुप्ता, बैशाख २७, दाङ । आईतवार बेलुका देखि राप्तीमा हुँदै आएको यातायात बन्द खुलेको छ । यातायात खुले संगै दाङ सहित राप्तीको जनजीवन समान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको रोहवरमा भएको छलफल पछि आईतवार बेलुका साढे सात बजे पछि चक्काजाम खुलेको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए । उक्त छलफलमा अबरोध हटाई स्वच्छ प्रतिपर्धा गरी यातायात सुचारु गर्ने बारेमा सबै समितीहरुका बीचमा सहमति कायम भएको एसपी कडायतले बताए । यातायात ऐन, नियामवली र यो संग सम्वन्धित अन्य कानुनहरुलाई परिपालन गर्ने सवालमा सबै समितिले सहमति जनाएका छन् । पुराना गाडी भित्राउन र सञ्चालन गर्न नपाउने समझदारी अब देखि जिल्लामा कुनै समितिले पनि अनेत्र सञ्चालनमा आएका पुराना गाडी भित्र्याउन पाउने छैनन् । आइतवार नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका राप्ती अञ्चल संयोजक एवं महासंघका केन्द्रीय सदस्य भरतनाथ योगीको अध्यक्षतामा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, मालिका कालिका यातायात प्रालि र दाङ यातायात प्रालिका विचमा त्यस्तो सहमती भएको हो । जसमा सबै समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा अनेत्र सञ्चालन गरिएका पुराना गाडीहरु भित्र्याउन नपाउने र सञ्चालन हुने नयाँ गाडीहरु राप्तीवासीको नाममा मात्रै प्रमाणपत्र भएकोलाई मात्रै सञ्चालन गर्न पाउने कुरामा सबै समितिका पदाधिकारीहरुले सहमति जनाएका छन् । यो संगै दाङ सहित राप्तीका पाँच जिल्लामा दुई दिनयता हुँदै आएको चक्का जाम खुलेको हो । चक्काजाम खुलेपछि सोमबार देखि सडकमा यातायातका साधनहरु सञ्चालनमा आउन थालेका छन् । उक्त छलफलमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवासायी समितिका पदाधिकारी, मालिका कालिका यातायात प्रालिका पदाधिकारी, दाङ यातायात प्रालिका पदाधिकारी लगायत अन्य यातायात व्यवसायीहरुको पनि सहभागीता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!