यातायात बन्दको संर्वतत्र आलोचना, बन्द फिर्ता लिन आग्रह

Posted on: 08 May, 2016

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ ।  आम नागरिकलाई सास्ती हुने गरी यातायात र उद्योगी व्यवसायीहरुले गाडि तथा पसल बन्द गरेको प्रति विभिन्न क्षेत्रबाट आलोचना भएको छ । नागरिक समाज दाङले यातायात व्यवसायीले गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गर्नु ठिक नभएको भन्दै तत्काल बन्द खुलाउन माग गरेको छ ।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी र सचिब चन्द्रराज पन्थले बिज्ञप्ती जारी गर्दै बिबादलाई सम्बादबाट समाधान गर्न अपिल गरेका छन् । यातायात व्यवसायीलाई गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गरिदिदा आम नागरीकले बिना कारण सास्ती भोग्नु परेको भन्दै तत्काल छलफलबाट समाधान खोजी बन्द फिर्ता लिन आग्रह गरिएको छ । स्वतन्त्ररुपमा हिड्न र उपभोग गर्न पाउने अधिकारबाट नागरिकहरु बन्चित हुनुपरेको भन्दै तत्काल जनजिवनलाई सहज बनाउन तर्फ ध्यान दिन सरोकारवालाहरुलाई बिज्ञप्तीमा आग्रह गरिएको छ ।

यसैविच विप्लव नेतृत्वको नेकपा माओबादी निकट बिद्यार्थी संगठनले बस समिति विच उत्पन्न विबादमा भएको यातायात बन्द प्रति आपत्ति जनाएको छ । अखिल क्रान्तीकारी दाङका अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीले विज्ञप्ती जारी गर्दैै नागरिक सेवामा सहज वातावरण निर्माण गर्न सबै पक्ष लाई आग्रह गरेका छन् । साथै बिज्ञप्तीमा छलफलबाट समस्या समाधानमा लाग्न आग्रह गर्दै प्रहरी प्रशासनलाई भड्काउने अबस्थाको सृजना हुने गरि नउत्रिन समेत आग्रह गरिएको छ । यसैविच सामाजिक सञ्जालहरुमा पनि यातायात व्यवसायी र उद्योग बाणिज्य संघको बन्द प्रति आलोचना भएको छ । बन्द खोल्ने विषयमा सहमति जुटेन, केहीबेरमा फेरि वार्ता बस्ने बन्द खुलाउने विषयमा तुलसीपुरमा भएको वार्ता टुङ्गोमा नपुगे पछि केहिबेरमा जिल्ला प्रशासन कार्यालयमा पुन ः छलफल हुने भएको छ । बस सञ्चालनको क्रममा क्युको विषयमा कुरा नमिलेपछि वार्ता टुङगोमा नपुगेको वार्ता टोली सदस्यमध्येका तुलसीपुर उद्योग वाणीज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो । ‘वार्तामा केटाकेटी कुरा भयो त्यसैले कुरा मिलेन’, अध्यक्ष रिजाल्ले भन्नु भयो । यता प्रमुख जिल्ला अधिकारी दीपक काफलेले सिडियोसँंग नै वार्ता गर्ने महसुस यातायात व्यवसायीहरुले गरेकाले छलफलका लागि बोलाएको बताउनुभयो । जसका कारण बन्द खुल्ने कि नखुल्ने भन्ने कुरा अन्यौलमा परेको छ । ट्राफिक कार्यालय तुलसीपुरमा राप्ती समिति, दाङ प्रालि, मालिका कालिका, तुलसीपुर उद्योग वाणीज्य संघ, यातायात, तुलसीपुर नगरपालिका प्रतिनिधिहरु बीच करिब साढे २ घण्टासम्म वार्ता भएको थियो । सिडियो कार्यालयमा यातायात र राप्ती समितिका बीचमा मात्रै छलफल हुने बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!