प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्योे (अपडेट)

Posted on: 08 May, 2016

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ ।

- थप चारजनाको कोहलपुरमा उपचार हुँदै प्यूठानमा खोलाले जिप वगाउँदा तुलसीपुर उरहरीका एकै परिवारका चार जनाको मृत्यु भएको छ । थप चारजनाको कोहलपुरमा उपचार भइरहेको छ । उरहरी निवासी स्थानीय पूर्ण केसीका अनुसार उपचारका क्रममा ६५ वर्षीया दुवा खनालको कोहलपुरमा मेडिकल कलेजमा मृत्यु भएको हो । स्वर्गद्धारी मन्दिर दर्शन गरेर घरतर्फ फर्कदै गर्दा भिंगृ–१ स्थित मुहानखोलाले बगाउँदा तुलसीपुर–१९ उरहरी दाङका एकै घर परिवारका तीन जनाको मृत्यु भएको हो । शनिवार दिउँसो चारवजे तिर बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई स्थानीय ठाडो खोलाले बगाउँदा ५० वर्षीय बाबु सुकदेव खनाल र उनकी १९ वर्षीया छोरी विमला खनाल र सुकदेवको भाईको छोरी १२ वर्षीया अस्मिता खनालको घटनास्थलमै मृत्यु भएको अञ्चल प्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलवहादुर कार्कीले जानकारी दिए । कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी ६५ वर्षीया दुवा खनाल मृतक सुकदेव खनालकी आमा हुन । उनीहरु शनिवार विहान सवा पाँच वजे मात्रै स्वर्गद्धारीको दर्शनको लागि घरवाट त्यता गएका थिए । स्वर्गद्धारी दर्शन पछि घर फर्किदै गर्दा जिपलाई खोलाले बगाउँदा उक्त दुःखद दुर्घटना भएको संयुक्त वडा कार्यालय उरहरीका सचिव मानवहादुर रावतले जानकारी दिए । शनिवारको वर्षाले वाटो निर्माणगर्दै गरेको स्थानमा माथिवाट हिलो सहितको लेदोमा गाडी फसेपछि आएको वाढीले उनीहरु सवार स्कार्पियो बगाएको थियो । दुर्घटनामा परी खनाल परिवारकै थप चार जना घाईते भएका छन् । मृतक सुकदेव खनालकी श्रीमती ४६ वर्र्षीया कौशिला खनाल, साईली छोरी २२ वर्षीया शारदा खनाल, माईली छोरी २६ वर्षीया बशन्ता खनाल, र भाई वुहारी ३५ वर्षीया कमला खनाल घाईते छन् । तर उनीहरुको श्वास्थ्यमा क्रमिक सुधार आएको कोहलपुर मेडिकल कलेजवाट उरहरीको वडा नं. १९ का सचिव एवं स्थानीय वासी मानवहादुर रावतले जानकारी दिए । एकै परिवारका चार जनाको मृत्यु र अन्य चार जना घाईते भएपछि उरहरी गाउँ शोकमा डुवेको छ । घाईते सवैलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्रारभ्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । गाडी चालक कवित चौधरी र अन्य दुई जना मध्ये मृतक सुकदेवका भतिजा सुशील भण्डारी र मृतक सुकदेवका माईला ज्वाँई चेतराज अवस्ती भने सकुसल रहेको वडा सचिव रावतले जानकारी दिए । चेतराज अवस्ती धनगडी निवासी हुन । अन्य सबै मृतक एवं घाईतेहरु भने उरहरी निवासी नै रहेको वडा सचिव रावतले जानकारी दिए । मृतक तीन जनाको सव अहिले राप्ती अंचल अस्पतालमा राखिएको छ भने उपचारका क्रममा कोहलपुरमा मृत्यु भएकी थप एकजनालाई पनि अञ्चल अस्पताल ल्याएपछि पोष्टमार्टमको कार्य सुरु हुने अस्पताल प्रशासनले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!