तुलसीपुरमा यातायात व्यवसायी बीच झडप, राप्ती समितिका अध्यक्ष घाइते

Posted on: 07 May, 2016
jhadapसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । मालिका–कालिका यातायात प्रालिले आज दाङको तुलसीपुर बाट रूकुममा यात्रुवाहक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्दा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरी बीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समितिका अध्यक्ष सुरेस हमालको टाउकोमा चोट लागेको छ । मालिका–कालिका यातायात प्रालिले रूकुम छुटाउन लागेको नम्बरको एसि हाइसमा तोडफोड गर्ने क्रममा लाठी चार्ज गर्दा हमाललाई चोट लागेको इप्रका तुलसीपुरले जनाएको छ । प्रालिका बस र कर्मचारीमाथि आक्रमण गर्न खोज्ने राप्ती समितिका कर्मचारी धनबहादुर डाँगीलगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकारको क्यामेरा खोसियो प्रालिले रूकुम गाडी छुटाउन खोज्दा समाचार संकलनमा खटिएका मलाय नेपाल डट नेटका सम्पादक एवं पत्रकार नेपाल महासंघका साधारण सदस्य गणेश आचार्यको क्यामेरा राप्ती समितिका बरिस्ठ उपाध्यक्ष भरतनाथ योगले खोसेर लगेका छन् । सम्पादक आचार्यले आफूले फोटो खिच्दै गर्दा राप्ती समितिका अध्यक्ष सुरेस हमालले आक्रमण गर्न निर्देशन दिएपछि बरिष्ठ उपाध्यक्ष योगीले क्यामेरा खोसेर लगेको जानकारी दिएका । उनले आफ्नो क्यामेरा खोसिएको बारेमा पत्रकार महासंघलाई लिखित जानकारी गराएको जानकारी दिएका छन् । राप्ती समितिले यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर राप्ती अञ्चल बस समितिले तुलसीपुर–रुकुम सडक खण्डमा यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर बनेको छ । राप्ती समिति, कालिका मालिका र दाङ प्रालि बीच सल्यान रुकुम सडकमा बस चलाउने विषयमा विवाद भएपछि राप्ती समितिले यातायात ठप्प पारेको हो । समितिले आज बिहानैदेखि यातायात ठप्प परेपछि गन्तव्यसम्म पुग्ने सयौं यात्रुहरु मर्कामा परेका छन् । गन्तव्यसम्म पुग्न नसक्दा यात्रुहरु अन्यौलमा परेका छन् । हिजो बिहान पनि यसै विषयमा विवाद भएपछि यातायात ठप्प पारिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!