यातायात व्यवसायीद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द

Posted on: 07 May, 2016

RAPTI BANDसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । बस सञ्चालनको विषयमा उत्पन्न विवादका कारण शनिबार बिहानदेखि राप्तीको यातायात ठप्प पारिएको छ ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका कालिका यातायात प्रा.लि.का बिचमा तुलसीपुरदेखि सल्यान हुँदै रुकुमसम्म यातायात सञ्चालको विषयमा शुक्रवार यता विवाद उत्पन्न भएको हो । तर उक्त विवादमा प्रहरीले अनावश्यक बल प्रयोग गरि आफ्ना पदाधिकारीहरुलाई निर्घात कुटपिट गरेको विरोधमा यातायात ठप्प पारिएको हो ।

नेपाल यातायात राष्ट्रिय महासंघ राप्तीले राप्ती अञ्चलमा सार्वजनिक सवारी ठप्प पारेको छ । राष्ट्रिय महासंघको आग्रहपछि मालवहाक सवारी साधन पनि ठप्प पारिएको छ । राप्ती अंचल ट्रक व्यवासायी समिति, जिल्ला ट्रेक्टर समिति, अम्विकेश्वरी मिनि माईक्रो यातायात समिति लगायतले आफ्ना सवारी साधन ठप्प पारेका छन् ।

अञ्चल संयोजक भरत नाथ योगी र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवासायी समितिका अध्यक्ष सुरेश हमाल लगायतका पदाधिकारीलाई प्रहरीले लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै राष्ट्रिय महासंघले राप्तीको सार्वजनिक यातायात ठप्प पारेको जनाएको छ ।

मालिका–कालिका यातायात प्रालि र राप्ती समितिका विचमा वस सञ्चालनको विषयमा विवाद उत्पन्न रहँदै आएको छ । तर प्रहरी प्रशासनले वल प्रयोग आवश्यक नै रहेको अवस्थामा पनि राष्ट्रिय महासंघका अञ्चल संयोजक योगी र राप्ती समितिका अध्यक्ष लगाएत कर्मचारीलाई अनावश्यक वल प्रयोग गरेको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ ।

प्रहरीको लाठी चार्जवाट अध्यक्ष हमाललको टाउको फुटेको छ भने अर्का कर्मचारी विरेन्द्र केसीलाई पनि टाउको गम्भीर चोट लागेको छ । केसीलाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । त्यसको विरोधमा अर्को सूचना नहुँदासम्म राप्तीको यातायात सञ्चालन नहुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!