पत्रकार बस्नेतकोे जन्मदिनमा सांगीतिक कार्यक्रम

Posted on: 02 May, 2016

dang sajha sabal ne2wsसन्तोषकुमार गुप्ता/ बैशाख २०, दाङ । दाङका पत्रकार तथा गायक देवेन्द्र बस्नेतले आफ्नो जन्मदिनको अवसरमा आइतवार घोराहीमा एकल साङगीतिक कार्यक्रमको आयोजना गरी मनाएका छन् । गायक वस्नेतले आफ्नो ३१ औँ जन्मदिनको अवसरमा शनिवार घोराहीको पत्रकार महासघको हलमा आयोजना गरेको कार्यक्रममा गायक वस्नेतलाई उहाँको आमाले केक खुवाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो । उल्लेख्य दर्शक,पत्रकार,साहित्यकारहरुको उपस्थीतिमा कार्यक्रम भएको थियो । त्यस अवसरमा गायक तथा संगितकार बस्नेतको जीवनीका बारेमा साहित्यकार आदिम केसीले तयार पर्नुभएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो । जन्मदिनको अवसरमा गायक तथा सञ्चारकर्मी बस्नेत भित्र रहेको प्रतिभालाई जगार गर्ने उद्देश्यले आयोजना गरिएको सागितिक कार्यक्रममा गायक वस्नेतले दजनौ आफ्नो स्वर संगितमा रहेका सुगमसंगितका गितहरु गाउनु भएको थियो । त्यस अवसरमा गायक बस्नेतले बुबाको प्रेरणाका कारण साङगिक क्षेत्रमा प्रवेश गरेको भन्दै आफ्ना गितहरु सुनेर सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । बस्नेत नागरिक दैनिक र रेडियो स्वर्गद्धारीसँग आवद्ध हुुनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!