कक्षा १२ को परिक्षा सुरु, दाङमा १६ वटा परिक्षा केन्द्र, ८ हजार १०१ परिक्षार्थी

Posted on: 02 May, 2016
सन्तोषकुमार गुप्त/ बैशाख २०, दाङ । आज देखि कक्षा १२ को परिक्षा सुरु भएको छ । आज पहिलो दिन अंग्रजी विषयको परिक्षा भइरहेको छ । वैशाखको ३१ सम्म संचालन हुने कक्षा १२ को परिक्षा विहान ७ बजेदेखि १० बजेसम्म निर्धारण गरिएको छ । जिल्लामका १६ वटा परिक्षा केन्द्रबाट ८ हजार १०१ परिक्षार्थीले परिक्षा दिदैछन् । दाङमा कुल १६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये देउखुरी क्षेत्रमा ५ , घोराहीमा ५ , तलसीपुरमा ४ र क्षेत्र नम्वर ५ मा २ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । तुलसीपुर क्षेत्रमा ४ वटा र पश्चिम दाङमा २ वटा गरी कुल ६ वटा परिक्षा केन्द्र तोकिएको छ । तुलसीपुरमा, गुरु जजुर उच्चमावि, राप्ती विद्यामन्दिर, राप्ती ववई क्याम्पस, महेन्द्र उच्चमाविमा परिक्षा केन्द्र तोकिएको छ । पश्चिम दाङको वयाले सिमतारा र श्रीगाउँ उच्च माविमा परिक्षा केन्द्र तोकिएको छ । राप्तीमा ४६ परिक्षा केन्द्र राप्ती अञ्चलमा कुल ४६ परिक्षा केन्द्र तोकिएको छ । जसमध्ये प्यूठान जिल्लामा १हजार ५ सय ५९, रोल्पामा १ हजार १ सय ६८ , रुकुममा ३ हजार १ सय ४९ , सल्यानमा १ हजार ८ सय ८३ विद्यार्थी परिक्षामा सामेल रहेको उच्चमावि शिक्षा परिषद दाङका कार्यालय प्रमुख रामजनम चौधरीले तुलसीपुर अनलाईनलाई बताए । कक्षा ११ को परिक्षा भने आगामी जेठ २ गते देखि सुरु हुेन छ । राप्तीमा कक्षा ११ र १२ गरी कुल ३२ हजार २ सय ४७ विद्यार्थी रहेको उच्चमावि शिक्षा परिषद दाङका कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!