आगलागीबाट थकरीकोटमा तीन घर खरानी

Posted on: 30 Apr, 2016

aago dang

सन्तोषकुमार गुप्ता । बैशाख १८, भालुवाङ । आगलागीबाट सिसहनियाँ—७ थकरीकोटका तीन घर खरानी भएका छन् । जंगलमा लागेको आगो शुक्रबार राती करिब ८ बजे थकरीकोट बस्तीमा पस्दा तीन घर जलेर खरानी भएको हो ।

आगलागीबाट रिमबहादुर थापा, सुमन थापामगर र आत्माराम सारुमगरको घर जलेर खरानी भएको थकरीकोट गाउँ अगुवा दुर्गा उचहीमगरले जानकारी दिएका छन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, जिन्सी, नगद र काठपात गरी करिब १० बढीको क्षति भएको छ । जंगलमा लागेको आगो निभाउन बिहानै देखि लागेको भए पनि भौगोलिक कठिनाई तथा तीब्र हावाले गर्दा आगो नियन्त्रणमा लिन नसक्दा बस्तीमा पसेको गाउँ अगुवा उचहीमगरले जानकारी दिए । आगो राती करिब १२ बजे मात्र नियन्त्रणमा आएको थियो ।

अग्नीपडितहरु अहिले आफन्तको सरणमा रहेका छन् भने अहिले सम्म कुनै राहत समेत नपाएको पडितहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!