घोराहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु

Posted on: 17 Apr, 2016
बैशाख ५, दाङ । दाङको घोराहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परी १ जना घाइते भएका छन् ।
आईतबार बिहान  घोराही–७ बाँसवोटमा रा १ प ५२१८ नम्वरको मोटरसाइकललाई रा १ त १४२७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक सैघा–१ का ३७ वर्षीय नरवहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिए ।
घाइते गिरीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको शर्माले बताए। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सैघा–२ का २२ वर्षीय खेमबहादुर भण्डारी घाइते भएका छन्। भण्डारीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक भने फरार छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!