मृत्यु भएका भनिएका गाडी चालक घाईते अबस्थामा अस्पताल आए

Posted on: 16 Apr, 2016

ram-chandra-ghartiसन्तोषकुमार गुप्ता/बैशाख ४, दाङ । दाङको तुलसीपुर नगरपालिका १ को राम्रीमा वुधवार राती ट्याक्टर दुर्घटना भयो ।

सल्यानको मोख्लावाट तुलसीपुर आउदै गरेको लु २ त २५५८ नम्बरको ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भयो । घटनाका बारेमा सबै जानकारी बिहिबार बिहान मात्रै थाहा भयो । दुर्घटना पछि ट्याक्टर चालक रोल्पा कोटगाउँ १का रामचन्द्र घर्ती र सहचाकल सोही ठाउँका सुनिल पुनको मृत्यु भएको प्रहरीले बतायो । कारण थियो ट्याक्टरमा चालक र सह चालक मात्रै थिए अनि मृतकको छेउमा चालकको मोबाईल थियो ।

तर उक्त घटनामा मृत्यु भएका भनिएका रामचन्द्रले आफ्नो मृत्युलाई गलत सावित गरे । मृतक चालक घर्तीकै हो भनि प्रहरीबाट परिवारले शब समेत बुझेर दाहासंस्कारका लागि घर तर्फ लग्दै थिए तर चालक घर्ती घाईते अबस्थामा अञ्चल अस्पताल तुलसीपुरमा आईपुग्दा सबै अचम्मित भएका छन् । मृत्युभएको भनिएको दुई दिन पछि ति व्यक्ति बिवितै फर्कदा घटना रहस्यमय बन्यो ।

घाईते चालक के भन्छन त ? बुधवार राती १० वजे रोल्पाको लिवाङ्बाट तुलसीपुरतर्फ आउँदै गरेको सो ट्रयाक्टर दुर्घटना भएको भनेपनि आफुहरु सल्यानको मोखलावाट आएको घाइते चालक रामचन्द्र घर्तीले बताए ।

उनका अनुसार ट्रयाक्टरमा सल्यानको श्रीनगरवाट एक जना अपरिचित व्यक्ति चढेको र आफु सहचालक र सो व्यक्तीमात्र ट्रयाक्टरमा सवार थिए । ति व्यक्ति श्रीनगरबाट जबरजस्ती चढेका हुन् उनले भने ।

‘ट्रयाक्टरमा श्रीनगरवाट सवार एक जना सहचालक र म थियौं, ट्रयाक्टर विग्रेको थियो मोडमा स्ट्रेरिङ कटेन र दुर्घटना भयो चालक घर्तीले भने ।’ त्यसैगरी चलाक घर्तीले आफु विहीवार दिउसो ३ वजे होसमा आएको र होसमा आएपछि सात वजे सकीनसकी हिडदै नजिकैको घरमा पुगेको बताए । ‘म होसमा आएपछि नजिकैको एक घरमा पुगे एक दिन पछिमात्र होसमा आए’ । र शुक्रबार बिहान अस्पताल पुगे ।

घटना पछि प्रहरी के भन्छ त र ? राती दुर्घटना भयो । दुई जनाको मृत्यु भएपछि चालक र सह चालकको मृत्यु भयो भन्ने भएपछि सोहीरुपमा काम अघि बढाएयौँ ।

अस्पतालमा ल्याएर उनिहरुको कागजी र कानुनी प्रकृया पुरा गरेर परिवारलाई जिम्मा लगायौ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सन्तोष रोकाले भने । चालक घर्तीका आफन्त तथा घरपरिवारले आफनो छोरा रामचन्द्र घर्तीको दुर्घटनामा मृत्यु भएको भन्दै तुलसीपुरको राप्ती अंचल अस्पतालमा पोष्टमाटम पछि अर्कै व्यक्तिको शव वुझेर लगेको पछि खुल्यो उनले भने ।

‘आफन्तहरुले हाम्रो मान्छे हो भनेर शव वुझे, घर्तीको आमा पुनि घर्तीले सही छापनै गर्नु भएको छ हामीहरुले कसरी हैन भन्ने रु मृतक व्यक्ति र चालकको अनुहार मिल्ने, रातो कपडा, उमेर सहित सबै हुलियाहरु मिल्ने भएकाले पनि उहाँहरुले शब बुझ्नु भएको हो प्रहरी निरीक्षक रोकाले बताए ।

आफन्तहरुले दाहसंस्कार गर्न भनेर अर्को व्यक्तिको शव लगेका र घर्ती सम्पर्कमा आएपछि सो कार्य रोकीएको छ । दुर्घटनामा मृत्यु भएका सो व्यक्ती को र कहाँका हुन भन्ने वारे खुल्न सकेको छैन । घाइते चालक घर्तीको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!