जंगलमा लागेको आगोले आठ घरगोठ जलेर खरानी

Posted on: 09 Apr, 2016

सन्तोषकुमार गुप्ता/चैत २७, भालुवाङ् । लालमटिया—७ सानीघोसमा शुक्रबार साँझा जंगलमा लागेको आगोले आठ घरगोठ जलेर खरानी भएको छ ।

सानीघोस सामुदायिक वनमा लागेको आगो सानीघोस बस्तीमा पसे पछि उक्त गाउँको आठ घरगोठ जलेर नष्ट भएको हो । आगलागीबाट लोकबहादुर राना, गिरबहादुर गाहा, अङ्गबहादुर रखाल, गिरबहादुर रखाल, यमबहादुर सुनारी र शशीराम बुढाको घर र गोठ जलेर पूर्ण रुपले खरानी भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद र पशुचौपाय गरी ४१ लाख बढीको क्षति भएको प्रहरी प्रमुख मदन केसीले बताउनु भयो । साँझा ५ बजे लागेको आगो राती करिब ९ बजे मात्र नियन्त्रणमा आएको थियो । अग्नीपडितहरु अहिले आफन्तको सरणमा रहेका छन् भने अहिले सम्म कुनै राहत समेत नपाएको पडितहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!