नारायणपुर महोत्सवमा उपस्थिति न्युन, नआए ५ सय जरीवाना (भिडियो)

Posted on: 08 Apr, 2016

बिष्णुकुमार देवकोटा/ चैत २७, दाङ । त्रिपुर १ नारायणपुरमा सुक्रबार देखि सुरुभएको महोत्सवमा जन सहभागिता अत्यन्त न्युन देखिएको छ । महोत्सवको शोभा यात्रामा अनिवार्य उपस्थितिका लागि उर्दि जारी गरिए पनि मुस्किलले ३ सय जना उपस्थित भएको देखिएको हो ।

“कृषि, व्यवसाय एवं पर्यटनमा प्रोत्साहनःदीगो अर्थतन्त्रका लागि अमूल्य योगदान भन्ने मुल नाराका साथ ” नारायणपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको शोभा यात्रा एवं उद्घाटन सत्र समारोहमा न्युन उपस्थिति देखिएको महोत्सवमा सहभागि शिव राज रोका ले बताउनु भयो । dang - mahotsabनारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद लम्सालको सभाअध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्य तथा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे र त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमान सिँह थापाको बिसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्था तथा पार्टिका प्रतिनिधिहरु ले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्रिपुर नगरपालिका स्थित गुर्जेखोलामा शव दाह स्थल निर्माण प्रायोजनार्थ महोत्सव संचालन गरिएको आयोजकलेदावि गरेको छ ।

चैत्र २६ गते देखि बैसाख ६ गते सम्म संचालन हुने महोत्सव लाई आज उद्घाटनको दिन सम्म पनि पुर्णतः व्यवस्थित गर्न सकिएको छैन । महोत्सव स्थलमा मालवाहक गाडिहरु निर्वाध प्रवेश गरिरहेका छन् भने बिधुत आपुर्तिका लागि बिछ्याईएको बिद्युतिय तारले जति बेलापनि दुर्घटना निम्तिन सक्ने खतरा समेत रहेको छ । महोत्सवको प्रचार प्रसारको क्रममा आज आयोजकले दावि गरिएझै केन्द्रिय कलाकारहरु आउने भनिएता पनि कुनैपनि केन्द्रिय कलाकारहरु उपस्थित भएनन् ।

dang mahotsab

चर्कोघाम मा ३ महिनाको बच्चा बोकेर समेत शोभा यात्रामा आएकि एक सहभागिकाले शोभा यात्रामा सहभागि हुन उर्दि जारी गरिएको बताउनु भयो । “नआए के गर्ने ५ सय जरीवाना तिर्न भन्दा बरु सहभागिता जनाएँ” वहाँले नाम नबताउने सर्तमा भन्नु भयो । कार्यक्रममा अनिवार्य उपस्थितिका लागि उर्दि जारी गरिएको गढि टाकुरी महिला समुहबाट सहभागिता जनाउन आउनुभएकी एक सहभागिले पुस्टि गर्नुभयो ।

महोत्सव ठेक्कामा नारायणपुरमा संचालनमा रहेको महोत्सव दैनिक खुद नाफा रकमको १५ प्रतिसत उद्योग बाणिज्य संघले पाउने गरी ठेक्कामा दिईएको बताईएको छ । यसको अर्थ महोत्सवमा मानौ १ करोड खुद नाफा भयो भने नारायणपुर उद्योग बाणिज्य संघले १५ प्रतिसतका दरले जम्मा १५ लाख मात्र हात पार्नेछ ।

नारायणपुरका फेन्सि व्यवसायिहरुको कडा प्रतिवाद एवं आम व्यपारिहरुको मनोभावना विपरित संचालनमा आएको महोत्सव यसरी कहिँ कतै ठेक्कामा लिएर चलाएको उदारण नभएको एक व्यापारिले नाम नबताउने सर्तमा बताए । “यो सरासर त्रिपुर बासिको हित बिपरित छ” उनले भने । यहाँसम्म की त्रिपुर क्षेत्रमा क्रियासिल संघ संस्थाहरुलाई समेत समेटिएको छैन ।

Video:

यस बिषयमा तपाइको प्रतिक्रिया...!