यातायात कार्यालय भालुवाङमा आठ महिनामै ९५ लाख बढी राजश्व संकलन

Posted on: 07 Apr, 2016
सन्तोषकुमार गुप्ता, चैत २५, भालुवाङ्ग । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गले आठ महिनाको अवधिमा ९५ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले २०७२ साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट ९५ लाख ३८ हजार १ सय ७ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । tax   यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन करबाट ८५ लाख ९७ हजार ५ सय ७, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३ लाख ६० हजार १ सय १३ र रुट नबिकरणबाट ५ लाख ८० हजार ४ सय ८७ रुपैयाँ संकलन भएको जानकारी दिए । जस अनुसार साउन महिनामा सवारी साधन करबाट ८१ हजार ३ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट १३ हजार २ सय ९२ र रुट नबिकरणबाट ५३ हजार ८ सय ३७ रुपैयाँ गरी कुल १ लाख ४८ हजार ४ सय २९ रुपैयाँ, भदौ महिनामा सवारी साधन करबाट ३ लाख ८९ हजार ५ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३४ हजार ७ सय ५९ र रुट नबिकरणबाट ३९ हजार १ सय ४४ रुपैयाँ गरी कुल ४ लाख ६३ हजार ४ सय ३ रुपैयाँ र असोज महिनामा सवारी साधन करबाट १३ लाख ४१ हजार ५ सय ४०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७६ हजार २० र रुट नबिकरणबाट ६७ हजार ५ सय २४ रुपैयाँ गरी कुल १४ लाख ८५ हजार ८४ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए । त्यसैगरी कात्र्तिक महिनामा सवारी साधन करबाट ९ लाख २६ हजार २ सय ५६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३१ हजार ८ सय ५० र रुट नबिकरणबाट ४७ हजार ५ सय ४७ रुपैयाँ गरी कुल १० लाख ५ हजार ६ सय ५० रुपैयाँ, मंसिर महिनामा सवारी साधन करबाट १३ लाख ६४ हजार ९ सय २०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार ७ सय ९२ र रुट नबिकरणबाट ७० हजार ३ सय २ रुपैयाँ गरी कुल १४ लाख ८२ हजार १४ रुपैयाँ र पुस महिनामा सवारी साधन करबाट १६ लाख ६३ हजार २६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५९ हजार ३ सय ७२ र रुट नबिकरणबाट ९४ हजार ५ सय ९४ रुपैयाँ गरी कुल १८ लाख १६ हजार ९ सय ९२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए । त्यसैगरी माघ महिनामा सवारी साधन करबाट १३ लाख ९७ हजार १ सय ५५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार २ सय ३० र रुट नबिकरणबाट ९९ हजार ३ सय ४ रुपैयाँ गरी कुल १५ लाख २२ हजार ६ सय ८९ रुपैयाँ र फागुन महिनामा सवारी साधन करबाट १४ लाख ३३ हजार ७ सय ३०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार १ सय ७० र रुट नबिकरणबाट १ लाख ६ हजार ९ सय ४४ रुपैयाँ गरी कुल १५ लाख ९३ हजार ८ सय ४४ रुपैयाँ राजश्व संकलन भएको बस्नेतले जानकारी दिए । आठ महिनाको अबधिमा सबै भन्दा बढी मंसिर महिनामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी आठ महिनाकै अबधिमा सवारी साधन जाँजपास तथा रुट नबिकरण अन्र्तगत बस २ सय ३६ जाँचपास तथा ३ सय ६६ रुट नबिकरण, मिनिबस ६३ जाँचपास तथा ६६ रुट वबिकरण, ट्रक १ सय २ जाँचपास तथा ३१ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी ट्याङ्कर १ जाँचपास र मिनिट्रक ७ जाँचपास तथा ६ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गमा अधिराज्य भरिका सवारी साधन यातायात निमावली अनुसार ६/६ महिनामा सवारी जाँचपास गरिने प्राबधान रहेको र रुट नबिकरण राप्ती अञ्चल भरिका सवारी साधनको ४/४ महिनामा गर्ने प्राबधान रहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । २०७२ साउन देखि भालुवाङ्गमा कार्यालय सञ्चालन आए देखि दैनिक सरदर २५—३० जना सेवा ग्राहीहरु आउने गरेकोृ कार्यालयले जनाएको छ । कार्यालयमा सवारी नबिकरण जाँचपासका लागि देशका विभिन्न स्थानबाट समेत सेवा लिन आउने गरेको कार्यालयले जनाएको । साथै सेवा ग्राहीहरुलाई छिटो छरिटो सहज रुपमा सेवा प्रदान गरिरहेको समेत कार्यालयले दाबी गरेको छ । पूर्व पश्चिम राजमार्गको भालुवाङ्गमै यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन आए संगै हजारौँ यातायात व्यवसायहरु प्रतयक्ष लाभन्दित तथा हर्षित समेत भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!