भालुवाङ खानेपानीमा फराकिलो मतले हराउँदै गुरुङ्गको पुरै प्यानल बिजय (फोटोफिचर)

Posted on: 29 Mar, 2016

khanepani chunab ma bijayai2धन्यवाद दिन बिजय उम्मेद्धार पुन मतदाताको घर—घरमा, नियमित पानी बितरण प्रमुख प्राथमिकता—गुरुङ्ग

सन्तोषकुमार गुप्ता/चैत १६, भालुवाङ्ग । भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा सयुक्त लोकतान्त्रिक प्यानलको पुरै टिम बिजय भएको छ । मंगलवार विहान सार्वजनिक गरिएको मतपरिणम अनुसार नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अध्यक्ष हस्तबहादुर गुरुङको पुरै प्यानल विजयी भएको हो ।

khanepani ma biyajiharu

काँग्रेस समर्थित अध्यक्ष गुरुङले ३ सय ९५ मत प्राप्त गरी निर्वाचित भएका छन् । १ सय ७३ मतको अन्तरले गुरुङ्ग बिजय भएका हुन् । उनका प्रतिद्धन्दी एवं एकीकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको संयुक्त वामपन्थी प्यानलका अध्यक्षका प्रत्यासी टोपबहादुर कार्कीलाई २ सय २२ मत प्राप्त भएको थियो । कार्की एमाओवादी निकट हुन । फरक–फरक राजनीतिक दलका समर्थकहरु दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए । तीन वर्षे कार्यकालको लागि दुवै पक्ष ११ सदस्य प्यानल सहित प्रतिपर्धामा उत्रिएका थिए ।

khanepani chunabma bijayai 1

संयुक्त लोकतान्त्रिक प्यानलको तर्फवाट उपाध्यक्षमा प्रकाश बस्नेत सर्वाधिक ४ सय ४ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै लोकतान्त्रिक प्यानलवाट सचिवमा बाबुराम थापा ३ सय ५४ र कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य उम्मेदवार ३ सय ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । लोकतान्त्रिक प्यानलवाटै सदस्यहरुमा हुमीकुमारी राना ३ सय ८६, शारदाकुमारी केसी ३ सय २१, ऋषिराम बस्नेत ३ सय ७७, किशोरकुमार जिसी ३ सय ७६, नेत्रप्रसाद बेल्बासे ३ सय २३, रोमलाल कालाथोकी ३ सय ५३ र आत्माराम पोख्रेल ३ सय ५७ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितीले जनाएका संयोजक मानबहादुर कुमालले जानकारी दिए ।

khanepani chunab ma bijayai8

त्यस्तै एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन रहेको सयुक्त बामपन्थी प्यानलको उपाध्यक्षका प्रत्यासी गिरबहादुर घर्ती १ सय ८२, सचिवमा मञ्जुर मियाँ २ सय २७ र कोषाध्यक्षमा अनन्तराज पौडेल २ सय २७ मत प्राप्त गरी पराजित भएका छन् । वामपन्थी प्यानलको तर्फवाट सदस्य पदका उम्मेदवार मध्य महिला सदस्यमा कमला तामाङ २ सय ३६, मिनाकुमारी जैसी १ सय ९३, अन्य सदस्यहरुमा प्रेमप्रसाद सुवेदी २ सय ४, भिमलाल न्यौपाने १ सय ९२, ऋषिराम पौडेल १ सय ८७, गंगा गिरी २ सय २ र बिमल शर्मा २ सय २७ मत प्राप्त गरी पराजित भएको निर्वाचन समितीका संयोजक कुमालले बताए ।

khanepani chunab ma bijayai7

रातभर मतगणना भएपनि मंगलवार विहान साढे ५ बजे मात्रै मतगणना सकिएको थियो भने परिणम ६ बजेपछि सार्वजनिक गरिएको हो । खानेपानीको नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान ८ बजे देखि साँझ ५ बजे सम्म मतदान भएको थियो । कुल मतदाता संख्या ९ सय ५५ रहेकोमा जम्मा ६ सय ७८ मत मात्रै खसेको थियो । त्यसमध्य ३५ मत बदर भएका थिए ।

khanepani chunab ma bijayai6

२ सय ७५ मतदाता निर्वाचनमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ । गत फागुन २९ गतेको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि नयाँ नेतृत्व चुन्न मतदान गरिएको थियो । राप्ती उद्योग बाणिज्य संघ भालुवाङको सभाहलमा मतदान भएको थियो ।

khanepani chunab ma bijayai5

khanepani chunab ma bijayai4

khanepani chunab ma bijayai3

यस बिषयमा तपाइको प्रतिक्रिया...!