कारको ठक्करबाट देउखुरीमा एक जना गम्भीर घाईते

Posted on: 23 Feb, 2016
सन्तोषकुमार गुप्ता/फागुन ११, भालुवाङ् । कारको ठक्करबाट मंगलबार राती देउखुरीको सिसहनियाँमा एक युवक गम्भरि घाईते भएका छन् । राती करिब सवा १ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गईरहेको युके ०४ जे ५९८४ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्रु ४० बर्षीय मंगलप्रसाद गुप्ता गम्भीर घाईते धएका हुन् । घाईते गुप्ताको प्राथामिक स्वास्थ्य केन्द्र लमही समान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिर्फर गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी सहायक निरक्षक चन्द्र केसीले जानकारी दिए । ठक्कर दिने कार ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रण लिएको छ भने फरार रहेका चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!