लालमटियाका किसानलाई कोशेबाली सम्बन्धी गोष्ठी सम्पन्न

Posted on: 14 Feb, 2016

सन्तोषकुमार गुप्ता/फागुन २, भालुवाङ् । ईच्छुकस्मृति कृषि सहकारी संस्था लालमटिया संग आवद्ध कृषक समूह तथा किसानहरुका लागि एक दिने कोशेबाली सम्बन्धी गाउँ स्तरिय कार्यशाला गोष्ठी आईतबार लालमटियामा सम्पन्न भएको छ ।

राष्ट्रिय कोशेबाली अनुसन्धान कार्यक्रम खजुरा बाके तथा ईच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाको संयुक्त आयोजना एवम् प्रगतिशिल कृषक समूह रामनगर लालमटियाको समन्वयमा गोष्ठी सम्पन्न भएको हो ।

किसानहरुलाई कोशेबाली सम्बन्धी अत्याधुनिक प्राविधिक ज्ञान दिई कोशेबाली उत्पादनमा बृद्धि गराई कोशेबालीमा नै किसानहरुलाई आत्मानिर्भर गराउन गोष्ठी आयोजना गरिएको बताईएको छ । ईच्छुकस्मृति कृषि सहकारी संस्थाका अध्यक्ष भिर्माजुन सुवेदीको अध्यक्षता एवम् राष्ट्रिय कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक नेत्रहरि घिमिरेको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा कोशेबाली अनुसन्धान कार्यक्रमका बरिष्ठ प्राविधिक अधिकृत रबिन्द्रप्रसाद शाहले कोशेबाली खेती गर्दा ध्यान दिनु पर्ने कुरा, कोशेबालीको आवश्यकता, महत्व, समस्या, चुनौती र सम्भावना तथा कोशेबालीको प्रजाति तथा खेती गर्ने अत्याधुनिक प्रणाली लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

ईच्छुकस्मृति कृषि सहकारी संस्थाका सदस्य असोककुमार पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला कृषि प्रसार अधिकृत महेश अधिकारी, प्राविधिक अधिकृतद्धय गोपाल बैढ, मानबहादुर चदारी, सहकारी संस्थाका उपाध्यक्ष तथा प्रगतिशिल कृषक समूहका अध्यक्ष जुम्मन मियाँ, उज्जव भविष्य महिला कृषक समूहकी कोषाध्यक्ष कमला मल्ल, संस्थाका सल्लाहकार बोमबहादुर थापा, किसानहरु धर्मबहादुर बोहारा, कोमानन्द न्यौपाने, रिषीराम न्यौपाने, द्रोणा थापा, केशरी उपाध्याय, लक्ष्मी अधिकारी मोतीराम पोख्रेल र प्रेमबहादुर जिसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहर्जीकरण संस्थाका सह—सचिव सन्तोषकुमार गुप्ताले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!