लालमटियामा स्वर्गीय कोईरालाको शोकसभा सम्पन्न

Posted on: 10 Feb, 2016
सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस लालमटिया ईकाई कमिटीले शोकसभा सम्पन्न गरेको छ । पार्टी कार्यालय श्रीनारायण चोक मौरीघाटमा आयोजित शोकसभा स्वर्गीय कोइरालाको तस्विरमा सैयौले अबिर लगाएर माल्यार्पण गरेका थिए । ईकाई सभापति दुर्योधन पाण्डेको सभापतित्वमा भएको शोकसभामा नेपाली कांग्रेसका सांसद, नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला समितिका पदाधिकारी, कांग्रेसका कार्यकर्ता, सुभेच्छुक, शिक्षक, पत्रकार लगायतले स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली दिएका थिए । पार्टीले अभिभावक गुमाएको प्रति चिन्तित मुद्रामा देखिएका कांग्रेसका नेता कार्यकर्ताहरुले सहमति, सहकार्य र मेलमिलापको बाटोलाई भुल्न नहुने बताएका थिए । यसैबीच ईकाइ कमिटीको मंगलबार पार्टी कार्यालय मौरीघाटमा भएको बैठकले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको कोईरालाको निधनले कुशल, एक अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेका छ । ईकाई सभापति दुर्योधन पाण्डेको अध्यक्षता बसेको वैठकले शोक प्रस्ताव पास गर्दै तीन दिन सम्म पार्टी कार्यालय वन्द गर्ने गरी पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । त्यस्तै फागुन ८ गते पार्टी कार्यालय मौरीघाटमा श्रद्धाजञ्लीसभा गर्ने निर्णय समेत गरेको ईकाइ सचिव हस्तबहादुर गुरुङ्गले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!