बाङेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु

Posted on: 31 Jan, 2016

सन्तोषकुमार गुप्ता/ माघ १७, बाङ्गेसाल ।  प्यूठानको बाङ्गेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरेको छ । भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल सरकारलाई उपलब्ध गराउदै आएको एम्बुलेन्स अन्र्तगत यस बर्ष बाङ्गेसाल स्वास्थ्य चौकीलाई प्रदान गरेपछि उक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । dang district - sajha sabal

प्यूठान जिल्लामै पहिलो पटक स्वास्थ्य चौकी बाङ्गेसालले एम्बुलेन्स सेवा प्रदान गरे पछि बाङ्गेसालबासी हर्षित भएका छन् । उक्त गाविसमा एम्बुलेन्स सेवा नहुँदा दाङ्गको लालमटियाबाट वा जिल्ला सदरमुकाम खलङ्गाबाट सेवा लिंदै आएका थिए । रातीमा आकस्मिक विरामी हुँदा त्यहाँका बासीले निकै हैरानी बेहोर्नु परेको थियो । एम्बुलेन्स सेवा नहुँदा बर्षेनी दर्जनौ बिरामीको मृत्यु हुने गरेको बाङ्गेसाल स्वास्थ्य चौकी इन्चार्ज टेकन्द्र रायमाझीले जानकारी दिए । यो संगै प्यूठान जिल्लामा एम्बुलेन्सको संख्या ९ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!