हाँसीपुरमा पनि सर्वसम्मत ईकाई कमिटी तथा क्षेत्रिय प्रतिनिधि चयन

Posted on: 31 Jan, 2016

माघ १७, भालुवाङ । यसैगरी नेपाली काँग्रेस हाँसीपुर ईकाई कमिटीको हाँसीपुरमा भएको १३ औँ अधिवेशनले भिमबहादुर वलीको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व र १२ सदस्यीय क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । ईकाई कमिटीका सचिवमा तेजबहादुर कार्की, कोषाध्यक्षमा टेकबहादुर गाहा, सदस्यहरुमा माया कार्की, तेजबहादुर रेश्मीमगर, निमबहादुर भट्टराई, रामबहादुर गाहा, ओमप्रकाश गाहा, बिरेन्द्र कार्की, कर्णबहादुर सुनार र लालबहादुर डाँगी सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत कुलराज जैसीले जानकारी दिए । त्यस्तै अधिवेशनले ९ जना क्षेत्रिय प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । जस अनुसार जुद्धबहादुर कार्की, ओमप्रकाश गाहा, कर्मबहादुर सुनार, पुष्पा श्रेष्ठ, माया कार्की, तेजबहादुर कार्की, डिल्लीमाया घर्ती, रामबहादुर गाहा र निमबहादुर भट्टराइ चयन भएको निर्वाचन अधिकृत जैसीले जानकारी दिए । ईकाई उपसभापति तथा बाँकी सदस्य बैठक पछि मनोनय गरिने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!