नेपाली काँग्रेस लालमटियामा सर्वसम्मत नयाँ नेतृत्व चयन

Posted on: 31 Jan, 2016

सन्तोषकुमार गुप्ता/ माघ १७, भालुवाङ । नेपाली काँग्रेसको आसन्न १३ औँ अधिवेशन अन्र्तगत शुक्रबार नेपाली काँग्रेस लालमटिया ईकाई कमिटीको पार्टी कार्यालय श्रीनारायणचोक मौरीघाटमा भएको १३ औँ अधिवेशनले दुर्योधन पाण्डेको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व र १२ सदस्यीय क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । ईकाई कमिटीको बरिष्ठ उपसभापतिमा युवराज न्यौपाने, सचिवमा हस्तबहादुर गुरुङ्ग, कोषाध्यक्षमा ढालबहादुर विक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिनोदकुमार पाण्डे, प्रकाश बस्नेत, युवराज भुसाल, चित्रम चौधरी, मानबहादुर जिसी, प्रसान्त भुसाल र चेतमान घर्तीलाई सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत रामकुमार चौधरीले जानकारी दिए । त्यस्तै अधिवेशनले १२ जना क्षेत्रिय प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । जस अनुसार हरिप्रसाद भुसाल, लालमोहम्मद मियाँ, नुमानन्द सुवेदी, दोर्ण भुसाल, चन्द्रबहादुर जिसी, दुर्गाप्रसाद शर्मा, तराबहादुर डिसी, पुष्पा पाण्डे, मिना थापा, गौरीमाया घर्ती, टंकनाथ चौधरी र बिष्णु विक रहेको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए । ईकाई उपसभापति तथा बाँकी सदस्य बैठक पछि मनोनय गरिने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!