शैक्षिक स्तर उकास्नका सवै लाग्नुपर्छः विश्वासी

Posted on: 12 Jan, 2016

सन्तोषकुमार गुप्ता । पुस २८, दाङ । डुरुवा ८ मा रहेको बालमितेरी उच्च मावि भोजपुरले आफ्नो ४६ औं बार्षिक उत्सवको एक कार्यक्रम गरी समापन गरेको छ । विद्यालयले आइतवारदेखि विविध कार्यक्रम गरी दिवस मनाउन सुरु गरेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै एमाले नेता एवं सासंद भागवत विश्वासीले अहीलेको शैक्षिक स्तर उकास्नका लागि सवै लाग्नुपर्ने बताए । विद्यालयको बार्षिक उत्सव समापन समारोहलाई सम्वोधन गर्दै उनले विद्यालय, विद्यार्थी र अभिभावकको वीचमा सम्वन्ध राम्रो भएमात्रै शिक्षाको स्तर माथि उठ्ने वताए । एकल प्रयासवाट मात्रै शिक्षाको स्तर माथि उठाउन अशंभव रहेको उनको धारणा थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वासीले अभिभावक, शिक्षक र विद्यार्थी सवको प्रयासवाट मात्रै शिक्षाको स्तर राम्रो हुने वताए । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य समेत रहेका विश्वासीले अहिलेको सविधानले सवैको हक अधिकार समेटेको दावि गरे । कार्यक्रममा एमाले जिल्ला सदस्य देवराज विक,पूर्व प्रधानाध्यापक वलराम धिताल ,अभिभावक डिल्लीराज धिताल , शिव रेग्मी ,विद्यालय व्यवस्थापन समितिका सदस्य थुमलाल चौधरी ,रोहित चौधरी , राममणि शर्मा ,गणेश प्रसाद रेग्मी लगायतले मनतब्य राखेका थिए । सो अवसरमा हाजिरी जवाफ र विविध खेलकुद प्रतियोगतामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो । शिक्षक बलदेव आचार्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलाराम बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक होमराज डाँगीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!